धनगढी पोष्ट
आइतबार, ०४ फागुन २०८१ मा प्रकाशित
धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर–१३ स्थित सिर्जनसिल विद्या निकेतको दोश्रो बार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालयका अध्यक्ष खडकराज ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राध्यापक डा. राजेन्द्र विर चन्द प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा बोल्दै प्राध्यापक चन्दले विश्व युग सुहाउदो शिक्षा प्रदान गर्नु आजको आवश्यकता भएको बताए । बालबालिकाको शैक्षिक विकासका लागि अभिभावक पनि जिम्मेवार बन्नुपर्नेमा उहाँले जोड दिए ।
विद्यालयले गरिहाल्छ भन्ने सोच राखेर बालबालिकालाई नछोड्न र आफ्ना बालबालिकाको निग्रानी गर्न उनले आग्रह गर्नु भयो । चन्दले शैक्षिक विकासका लागि निजि क्षेत्रले ठुलो योगदान दिएको चर्चा पनि गरे ।
कार्यक्रममा समाजसेवि तथा राजनीतिज्ञ छत्र राज जोशी लगायतले मन्तव्य राखेका थिए । वार्षिकोत्सव कार्यक्रमको अवसरमा सिर्जनशिल विद्यन निकेतनले लामो समय सम्म शिक्षा क्षेत्रमा काम गर्दै आउनु भएका प्राध्यापक डा. राजेन्द्रबिर चन्द र समाजसेवि छत्रराज जोशीलाई सम्मान पनि गरेको थियो ।
बार्षिकोत्सव कार्यक्रमका अवसरमा विद्यालयले पढाईमा उत्कृष्ट, जेहन्दार तथा अतिरिक्त क्रियाकलापमा उत्कउष्ठ विद्यार्थिलाई पुरस्कार तथा मेडल वितरण गरेको थियो ।