धनगढी पोष्ट शनिबार, १० फागुन २०८१   February 22, 2025

लागूऔषधसहित कैलालीबाट पाँच जना पक्राउ

लागूऔषधसहित कैलालीबाट पाँच जना पक्राउ

धनगढी । कैलालीबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–४ बलियाबाट सोही ठाउँ बस्ने ३८ वर्षीय मेसक चौधरी र १९ वर्षीय अमृत चौधरी पक्राउ परेका छन्।

यी दुबै जनालाई निमेडोल १७ ट्याबलेट र टरामाडोल ४३ ट्याबलेटसहित इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यस्तै गोदावरी नगरपालिका–२ पहाड रोड तेघरीबाट सोही ठाउँ बस्ने २७ वर्षीय दिपेन्द्र राज लेखक र २२ वर्षीय आशिष भण्डारीलाई १२० मिलिग्राम लागू औषध खैरो हेरोइनसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–५ लब्लीचोकबाट कैलारी गाउँपालिका–३ बस्ने २८ वर्षीय निमोह चौधरीलाई १ सय मिलिग्राम खैरो हेरोइनसहित सामुदायिक प्रहरी सेवा केन्द्र हसनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। आइतवार पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भईरहेको छ।