धनगढी पोष्ट
सोमबार, ०५ फागुन २०८१ मा प्रकाशित
धनगढी । कैलालीको खप्परे खोलामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको गौरीगंगा नगरपालिका-७ मा रहेको खप्परे खोलामा आइतबार बेवारिसे अवस्थामा एक जना पुरुषको शव फेला परेको हो ।
शव सेती प्रादेशिक अस्पतालमा राखिएको र पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।