धनगढी पोष्ट शुक्रबार, ०९ फागुन २०८१   February 21, 2025

कैलालीमा लागुऔषधसहित दुई युवक पक्राउ

कैलालीमा लागुऔषधसहित दुई युवक पक्राउ

धनगढी । कैलालीको गोदावरीबाट लागुऔषधसहित २ युवक पक्राउ परेका छन्।

गोदावरी नगरपालिका–६ लालपुरमा लागूऔषध कारोवार भईरहेको छ भन्ने सूचनाको आधारमा इलाका पहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटीएको प्रहरी टोलीले सो स्थानमा गोदावरी नगरपालिका–६ लालपुर बस्ने २४ वर्षीय बाजी आउजी र २२ वर्षीय करन नेपालीलाई पक्राउ गरेको छ।

उनीहरुलाई खानतलासी गर्दा नेपालीको साथबाट १ ग्राम ३७० मिलिग्राम लागूऔषध फेला पारी दुबै जनालाई आज बिहान ३ बजे नियन्त्रणमा लिएको छ।