धनगढी पोष्ट शुक्रबार, ०९ फागुन २०८१   February 21, 2025

धनगढीमा सीप मेलामा तालिम लिन ४८३० जनाले दिए आवेदन

धनगढीमा  सीप मेलामा तालिम लिन ४८३० जनाले दिए आवेदन

धनगढी । धनगढीमा हुने सीप तथा रोजगार मेलाका लागि चार हजार आठ सय ३० जनाले आवेदन दिएका छन् । फागुन ८ गतेदेखि चैत १५ गतेसम्म लाग्ने मेलाका लागि सुदूरपश्चिमका नौ वटै जिल्लाका युवाहरूले आवेदन दिएका हुन् ।

धनगढी उपमहानगरपालिकाले सीप तथा रोजगार मेलाका लागि माघ २ गतेदेखि माघ २८ गतेसम्म आवेदन खुल्ला गरेको थियो । 

धनगढी उपमहानगरपालिका रोजगार संयोजक चन्द्र महराका अनुसार तीन हजार ७५ जना महिला, एक हजार सात सय ४८ जना पुरुष र सात जना अन्यको आवेदन परेको छ ।

उनले आवेदन परेका मध्य एक हजार एक सय २२ जना छनोट हुने बताए । तालिमका सहभागी छनौट प्रक्रिया सुरु भइसकेको र चाँडै सकिने संयोजक महराले बताए । 

धनगढी उपमहानगरपालिकाले १८ देखि ३५ वर्षका युवाहरूलाई स्वरोजगार हुन सहयोग पुगाउन विभिन्न ८ विधामा २९ किसिमका तालिम दिन लागेको हो ।

तालिमका लागि केही विधामा अत्यधिक आकर्षण देखिएको छ, भने केही विधामा न्यून आवेदन परेको धनगढी उपमहानगरपालिकाले जनाएको छ । 

अटोमोबाइलको तालिम मध्य ईलेक्ट्रिक कार सम्बन्धी २५ जना आवश्यक रहेकोमा एक सय २४ जना र मोटरसाइकल÷स्कुटर मर्मत सम्बन्धी २५ जना आवश्यक रहेकोमा ८६ जनाको आवदेन परेको छ । 
निर्माण क्षेत्रको डकर्मी ५० जना आवश्यक रहेकोमा ५९ जना, टायल मार्वल फिक्स्चर ५० जना आवश्यकमा ३५ जना, फर्निचरमा २५ जना आवश्यक रहेकोमा ३० जना, विल्डिङ पेन्टर २५ जना आवश्यक रहेकोमा ३१ जना र प्लम्बिङ २५ जना आवश्यक रहेकोमा ४० जनाको आवेदन परेको छ । 

आतिश्य÷सत्कार क्षेत्रको कफिबारिस्ता २५ जना आवश्यक रहेकोमा तीन सय ७५ जना, फास्टफुड÷कुक ५० जना आवश्यक रहेकोमा एक सय ९० जना, वेटर ५० जना आवश्यक रहेकोमा ३५ जना र रिशेप्सनिष्ट÷फ्रन्ट डेस्क ५० जना आवश्यक रहेकोमा एक सय २० जनाको आवेदन परेको हो । 
यसैगरी, ईलेक्ट्रिकल र मेकानिकलको वेल्डि ङ«ग २५ जना आवश्यक रहेकोमा २८ जना, रेफ्रिजरेशन र एसी प्राविधिक ५० जना आवश्यक रहेकोमा एक सय २६ जना, ईलेक्ट्रिोनिक्स मोबाइल÷सिसीटिभी ५० जना आवश्यक रहेकोमा एक सय १६ जना र विल्डीङ ईलेक्ट्रिकल वाइरिङ २५ जना आवश्यक रहेकोमा एक सय १८ जनाले आवेदन दिएको उपमहानगरपालिकाले जनाएको छ । 

सूचना प्रविधि क्षेत्रको  डिजिटल मार्केटीङ ५० जना आवश्यक रहेकोमा एक सय ८५ जना, हार्डवयर÷नेटवर्किङ ५० जना आवश्यक रहेकोमा एक सय १४ जना र ग्राफिङ डिजाईनर २५ जना आवश्यक रहेकोमा एक सय ५८ जनाको आवेदन परेको छ । 

यस्तै, शैक्षिक क्षेत्रको ईसीडी शिक्षक ५० जना आवश्यक रहेकोमा दुई सय १८ जना, पुरोहित २५ जना आवश्यक रहेकोमा २६ जना र लेखा व्यवस्थापन ५० जना आवश्यक रहेकोमा चार सय ६४ जनाको आवेदन परेको हो । 

सौन्दर्य क्षेत्रको एडभान्स ब्यूटिसियन ५० जना आवश्यक रहेकोमा पाँच सय ८५ जना, हेयर कटिङ स्याईलिङ ५० जना आवश्यक रहेकोमा एक सय २५ जना र नाई २५ जना आवश्यक रहेकोमा ३६ जनाको आवेदन परेको छ । 

आर्ट एण्ड क्राफट डिजानिङ क्षेत्रको फेसन डिजाईन ५० जना आवश्यक रहेकोमा छ सय ३० जना, एडभान्स टेलिरिंग २५ जना आवश्यक रहेकोमा चार सय १६ जना, साँस्कृति पोषाक निर्माण ७२ जना आवश्यक रहेकोमा दुई सय २३ जना र वेतबाँस क्राफट÷हस्तकलाका सामाग्री २५ जना आवश्यक रहेकोमा ६६ जनाको आवेदन परेको उपमहानगरपालिकाले जनाएको छ । 

रोजगार संयोजक महराले बेरोजगार युवा÷युवतीहरुलाई सीपमुलक तालिम प्रधान गरी दक्ष जनशक्तिm निर्माण गर्नु नै मेलाको उदेश्य रहेको बताए । वैदेशिक रोजगारीमा जाने युवा÷युवतीहरुलाई पनि मेलामा लिएको तालिम आधार हुने उनले बताए । मेलाको तयारी पूरा भइसकेको उनले बताए । 

तालिम अवधि भर एक महिना सीप तालिम, पाँच दिन उद्यमशिलता तथा करिअर परामर्श तालिम र दुई दिन रोजगार मेला हुनेछ । तालिमका लागि छनोट भएका युवाहरूलाई एक महिनासम्म निःशुल्क तालिम दिइने छ । 

मेला सञ्चालनका लागि उपमहानगरपालिकाको एक करोड ५० लाख रुपैयाँ र विभिन्न संघ–संस्थालगायत अन्य निकायहरुको ८० लाख रुपैयाँ गरेर दुई करोड ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको उपमहानगरपालिकाले जनाएको छ ।