धनगढी पोष्ट शुक्रबार, ०९ फागुन २०८१   February 21, 2025

कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

धनगढी । कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका–९ खक्रौला स्थित सडक खण्डबाट सुदूरपश्चिम प्रदेश ०१–००९ प ५७७४ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाईकलको टंङकी लकको ढकन भित्र लुकाई छिपाई गरी राखेको अवस्थामा ७६० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) फेला पारी मोटरसाइकल चालक टीकापुर नगरपालिका–१ ब्लक नम्बर १५ बस्ने २१ वर्षीय जगतबहादुर भण्डारी र मोटरसाइकल पछाडी सवार टीकापुर नगरपालिका–२ बस्ने २० वर्षीय शेखर सुनार पक्राउ परेका छन्।

दुवै जनालाई उक्त पदार्थ र मोटरसाईकलसहित इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। यसैगरी धनगढी उपमहानगरपालिका–८ बुद्धचोक नजिकबाट सोही ठाउँ बस्ने २९ वर्षीय बसन्त खत्री खैरो हेरोइनसहित पक्राउ परेका छन्।

खत्रीलाई १० ग्राम खैरो हेरोइनसहित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। बुधवार पक्राउ परेका यी तीनै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।