धनगढी पोष्ट
बिहिबार, ०८ फागुन २०८१ मा प्रकाशित
धनगढी । धनगढीमा भूमि समस्या समाधान आयोगको प्रदेश स्तरीय अभिमूखीकरण कार्यक्रम सुरु भएको छ ।

भूमि समस्या समाधान आयोग र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशको आयोजना र ह्यावीटेड फर ह्यिुमन र निड्स नेपालको सहकार्यमा धनगढीमा बिहीबार एक दिने प्रदेश स्तरीय अभिमूखीकरण कार्यक्रम सुरु भएको हो ।

प्रदेश स्तरीय अभिमूखीकरण कार्यक्रममा सुदूरपश्चिम प्रदेशका नै वटै जिल्लाका भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्षलगायत पदाधिकारीहरु र जिल्ला मालपोत र नापी कार्यलयका प्रमुखहरु सहभागि छन्।