धनगढी पोष्ट
शुक्रबार, १६ साउन २०७७ मा प्रकाशित
काठमाडौं
कोरोनका कारण शुक्रवार थप चारजनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्य्ु हुनेको संख्या ५६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार मृत्यु पुष्टि हुने चारै जना पर्साका हुन् । पर्साको वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ५६ वर्षीय पुरुष, वीरगन्ज १६ कै ३५ वर्षीय पुरुष, वीरगन्ज २ कै ६५ वर्षीय पुरुष र वीरगन्ज(११ स्थायी घर भएर ललितपुर थसिखेल बस्ने ६५ वर्षीया महिलाको निधन भएको प्रवक्ता गौतमले बताए ।
वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ५६ वर्षीय पुरुषको साउन १५ गते कोरोनाकै कारण मृत्यु भएको हो । मुटुको रोगी उनमा साउन ६ गते कोरोना पुष्टि भएको थियो । साउन ७ गते गण्डक अस्थायी कोरोना अस्पताल भर्ना गरिएका गण्डक अस्पतालमा बिहीबार राति ११ बजे मृत्यु भएको हो ।
त्यसैगरी वीरगन्ज महानगरपालिका–१६ कै ३५ वर्षीय पुरुषको बिहीबार साँझ ७.४० मा गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । उच्च ज्वारो र स्वासप्रश्वासमा समस्या भएपछि साउन १३ गते गण्डक अस्पतालमा भर्ना भएका उनमा बिहीबार मात्र कोरोना पुष्टि भएको थियो ।
त्यस्तै वीरगन्ज महानगरपालि–२ छपकैया निवासी अर्का एक ६५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको छ । उनकोसाउन १५ गते कोरोनाले मृत्यु भएको थियो । ।
शुक्रबार बिहान ललितपुरको पाटन अस्पतालमा वीरगन्ज महानगरपालिका–११ स्थायी घर भएर ललितपुर महानगरपालिका–५ थसिखेल बस्न एक महिलाको कोरोनाका कारण मृत्यु भएको थियो ।