धनगढी पोष्ट शनिबार, ०३ माघ २०८२   January 17, 2026

अछाममा अटोरिक्साको ठक्करबाट महिला घाइते

अछाममा अटोरिक्साको ठक्करबाट महिला घाइते

अछाम। सडक पार गर्ने क्रममा अटोरिक्साले ठक्कर दिँदा एक महिला घाइते भएकी छिन् ।

अटोरिक्साको ठक्करबाट साँफेबगर नगरपालिका–७ रिडिकोट निवासी ५५ वर्षीया जनक शाह घाइते भएकी हुन् ।  घाइतेको वयलपाटा अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिने अटोरिक्सा र चालक बान्नीगढी जयगढ गाउँपालिका–४ तिमिल्सैनका विशाल बोहरालाई प्रहरीले नियन्त्रणमा लिइएको अछाम प्रहरीले जानकारी दिएको छ । 

घटनाबारेमा थप अनुसन्धान भइरहेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । घटना शुक्रबार दिउँसो भएको बताइएको छ ।