धनगढी पोष्ट शनिबार, १० फागुन २०८१   February 22, 2025

धनगढीबाट लागूऔषधसहित युवक पक्राउ

धनगढीबाट लागूऔषधसहित युवक पक्राउ

धनगढी । कैलालीको धनगढीबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका – १३ राजपुरमा  सुपप्र ०१–०१२ प ४२५९ नम्बरको मोटरसाइकललाई शुक्रवार चेकजाँच गर्दा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका – ३ का २४ वर्षीय विवश वडाल पक्राउ परेका हुन ।

उनको साथबाट १७० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।