धनगढी पोष्ट शनिबार, १० फागुन २०८१   February 22, 2025

बाजुरामा बिहे भोजमा झडप हुँदा युवकको हत्या

बाजुरामा बिहे भोजमा झडप हुँदा युवकको हत्या

बाजुरा । बाजुरामा बिहे भोजमा झडप हुँदा एक युवकको मृत्यु भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका-८ मोटाबाडामा दुई समूहबीच झडप हुँदा घाइते भएका सोही नगरपालिकाको ९ नम्बर वडाका २९ वर्षीय रणबहादुर थापाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिपकुमार गिरीका अनुसार बिहीबार राति बिहे भोजमा झडप हुँदा थापामाथि मुस्ली (ओखलमा कुट्ने हतियार) प्रहार गरिएको थियो ।

ुमुस्ली प्रहारबाट गम्भीर घाइते भएका थापाको शुक्रबार अछामको बयालपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो,ु डीएसपी गिरीले भने ।

घटनाका तीन जना आरोपितलाई पक्राउ गरी अनुसन्धान भइरहेको डीएसपी गिरीले बताए । उनका अनुसार पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका-७ वाइलका दिर्घ बिष्ट, खेम बिष्ट र लोकेन्द्र खड्का रहेका छन् ।

ुबिहे भोजमा आगो ताप्ने क्रममा दिर्घ बिष्टले आफूलाई सबैले दाई भन्नुपर्ने बताएपछि विवाद सुरु भएको बुझिएको छ,ु डीएसपी गिरीले भने, ुविवाद बढेपछि थापामाथि मुस्ली प्रहार भएको बताइएको छ । थप अनुसन्धान भइरहेको छ ।ु