धनगढी पोष्ट
बिहिबार, १५ फागुन २०८१ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले विपद् न्यूनीकरण गर्न पत्रकारहरुको भुमिका महत्त्वपूर्ण रहने बताएका छन् ।
विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन र जोखिम सञ्चारमा मिडियाको भूमिका भुमिका सवलीकरण विषयक दुई दिने गोष्ठीको उद्घाटन गर्दै मन्त्री सार्कीले यस्तो बताएका हुन् ।
सहि र सामुहिक सूचनाले जनधनको क्षति न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने मन्त्री सार्कीले बताए । सुदूरपश्चिम विपदको जोखिममा रहेकाले यसको चिरफार गर्दै जनता समक्ष सूचना प्रकाशन गर्न पत्रकारहरुलाई मन्त्री सार्कीले आग्रह गरे ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सयुक्त आयोजना र मर्सिकोरको प्राविधिक सहयोगमा धनगढीमा बिहीबार देखि दुई दिने कार्याशाला गोष्ठीको आयोजना गरिएको छ ।
हाल विपद जोखिम न्यूनीकरणका लागि सप्तरी, रौतहट ,बाँके , बर्दिया, कैलाली र कन्चनपुरसहितका जिल्लाका अति जोखिमयुक्त १३ स्थानीय तहका ३४ स्थानमा साइरन प्रणाली जडान गरिएको जनाइएको छ ।