धनगढी पोष्ट शनिबार, ०३ माघ २०८२   January 17, 2026

धनगढीको सिद्धार्थ विद्या निकेतनले मनायो ४२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

धनगढीको सिद्धार्थ विद्या निकेतनले मनायो ४२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

 

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको सिद्धार्थ विद्या निकेतन माध्यमिक विद्यालयले आफ्नो ४२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले शुक्रवार एक कार्यक्रमका बीच आफ्नो ४२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।

विद्यालयका अध्यक्ष एवम् प्रिन्सिपल चन्द्र बहादुर (सिबी) चन्दले चार बर्ष अघि मालिका इङलिश बोर्डिङ स्कुल र शारदा बिद्या निकेतन मिलाएर एउटै बिद्यालय संचालन गर्न शुरु गरेकोमा अहिले नाम समेत परिवर्तन गरेर शैक्षिक क्रियाकलापहरु अघि बढाइरहेको बताए ।

प्रिन्सिपल चन्दले दुई दशक लामो आफ्नो शैक्षिक अनुभवका आधारमा सिद्धार्थलाई अझै गुणस्तरिय र बिद्यार्थी मैत्री शिक्षण संस्थाको रुपमा बिकास गर्ने बताए । 

धनगढी इन्जिनियरिङ कलेज नाष्टका निदेृशक शिवहरी मुडभरीको   प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा  नवजीवन सहकारी संस्थाका संचालक शिवकुमार फुलारा जोशी, बिद्यार्थी आराभ्य हमाल र आकांक्षा जोशीले मन्तव्य व्यक्त गरेका थिए ।

बिद्यालयबाट माध्यमिक तह उत्तीर्ण गरेर अहिले उच्च तहमा पुगेका पुर्व बिद्यार्थी र बिद्यालयका शिक्षक कर्मचारीहरुलाई सो अवसरमा सम्मानित गरिएको छ । सो अवसरमा शैक्षिक तथा खेलकुद कार्यक्रममा बिजेताहरुलाई पुरस्कार प्रदान गरिएको छ ।

विद्यालयका शिक्षक रामजी बगाले, महेश अवस्थी, विद्यार्थी सन्जय बोहरा, एलिना बोहरा, अनुप मिश्र र स्मृत्ति चन्दले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका शिक्षक निरज थापाले व्यक्त गरेका थिए ।