धनगढी पोष्ट बुधबार, २८ फागुन २०८१   March 12, 2025

विपिनको यथार्थ जानकारी अझैँ प्राप्त हुन सकेन : परराष्ट्रमन्त्री

विपिनको यथार्थ जानकारी अझैँ प्राप्त हुन सकेन : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको यथार्थ अवस्था अझैँ जानकारी प्राप्त हुन नसकेको बताएकी छन्।

शुक्रबार संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रमा सहभागी भएर फर्किदाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री देउवाले यस्तो प्रतिक्रिया दिएकी हुन्।  

यथार्थ जानकारी प्राप्त हुन नसकेपनि सरकारले विपिनको रिहाइ र यथार्थ अवस्था पत्ता लगाउन हरसम्भव प्रयास गरिरहेको बताइन्।

नेपालले गरिरहेको पहलमा अन्तर्राष्ट्रिय स्तरबाट आश्वासन पाइए पनि ठोस नतिजा प्राप्त हुन नसकेको मन्त्री देउवाको भनाई छ।