धनगढी पोष्ट बुधबार, २८ फागुन २०८१   March 12, 2025

नयाँ व्यवस्था अनुसारको शिक्षा ऐन चाँडै आउँछ : मन्त्री भण्डारी

नयाँ व्यवस्था अनुसारको शिक्षा ऐन चाँडै आउँछ : मन्त्री भण्डारी

बैतडी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नयाँ व्यवस्था अनुसारको शिक्षा ऐन ल्याउनेतर्फ सरकार अग्रसर रहेको बताएका छन ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बैतडीको १८औं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन ।

उनले शिक्षा ऐनमा सबै शिक्षकका मागहरुलाई अधिकतम रुपमा सम्बोधन गर्ने र शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने हिसाबले सरकारले ऐन ल्याउन लागेको जानकारी दिए ।

‘नयाँ व्यवस्था अनुसार नयाँ शिक्षा ऐन आवश्यक छ । यसका लागि सरकार लागिपरेको छ । शिक्षा क्षेत्रलाई सुधार गर्ने गरी नयाँ शिक्षा ऐन आउँदैछ’ उनले भने । मन्त्री भण्डारीले नयाँ व्यवस्था अनुसारको शिक्षा ऐन चाडै आउने बताए ।

यस्तै कार्यक्रममा बोल्दै उनले देशको अर्थतन्त्र सुधारका लागि सबै पक्ष एकभएर अघि बढ्नुपर्ने बताए ।

अर्थतन्त्रमा सुधार आएमात्रै देशका समस्या समाधान हुने भएकाले सबै क्षेत्र मिलेर जानुपर्ने उनको भनाई थियो ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बैतडीका अध्यक्ष प्रेमराज भट्टको अध्यक्षतामा भएको अधिवेशनमा मन्त्री भण्डारी प्रमुख अतिथी रहेका थिए ।