धनगढी पोष्ट बिहिबार, २२ फागुन २०८१   March 6, 2025

कैलालीमा हतियार र काठसहित दुई जना पक्राउ

कैलालीमा हतियार र काठसहित दुई जना पक्राउ

धनगढी । कैलालीमा हतियार र काठसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको कैलारी गाउँपालिका–८ कृतिपुर बस्ने ५० वर्षीय महाविर चौधरी र ४० वर्षीय तेजराम चौधरी हतियार र काठसहित आज बिहान ४ बजे पक्राउ परेका हुन्।

दुबै जनालाई गौरीगंगा नगरपालिका–१० उदासीपुरको सरस्वती सामुदायिक वन क्षेत्रबाट भरुवा बन्दुक थान १, छर्रा १० वटा, केप ५ वटा, सानो प्लाष्टिकको डिब्बामा बारुद र २ वटा राँगासहित काठको डल्लबमा लोड गरेको अवस्थामा साल जातको २ वटा गोलिया (१९.०६ क्यू फिट) काठसहित इलाका प्रहरी कार्यालय मसुरिया, कैलाली र सव–डिभिजन वन कार्यालय उदासीपुर कैलालीबाट संयुक्त रुपमा खटिएको गस्ति टोलीले फेला पारि पक्राउ गरेको छ।

काठ सव–डिभिजन वन कार्यालय उदासीपुरको जिम्मामा लगाएको र हतियारसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय मसुरियामा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाको छ।