धनगढी पोष्ट बिहिबार, २२ फागुन २०८१   March 6, 2025

धनगढीका पत्रकारद्धय शाह र बम सम्मानित

धनगढीका पत्रकारद्धय शाह र बम सम्मानित

धनगढी । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्यद्धय कर्ण शाह र मीन बम सम्मानित भएका छन् ।

धनगढीको कैलाली विद्या निकेतन स्कुलले आफ्नो २५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस तथा रजत जयन्ती शुभारम्भ कार्यक्रममा उनीहरूलाई सम्मान गरेको छ । 

पत्रकारिताको माध्यबाट समाजमा महत्त्वपूर्ण योगदान पु¥याएको भन्दै स्कुलले शाह र बमलाई सम्मान गरेको हो ।

राष्ट्रिय गीतका रचनाकार तथा लेखक प्रदीप कुमार राई (व्याकुल माइला) व्याकुल माइलाले उनीहरूलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका थिए ।