धनगढी पोष्ट बिहिबार, २२ फागुन २०८१   March 6, 2025

कैलाली विद्या निकेतनले मनायो २५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस तथा रजत जयन्ती

कैलाली विद्या निकेतनले मनायो २५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस तथा रजत जयन्ती

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ क्याम्पस रोडमा रहेको कैलाली विद्या निकेतन सेकेण्डरी स्कुलले आफ्नो २५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस तथा रजत जयन्ती शुभारम्भ गरेको छ ।

स्कुलले मंगलबार एक कार्यक्रमका बीच आफ्नो २५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस तथा रजत जयन्ती शुभारम्भ विविध कार्यक्रम गरी मनाएको हो 

No description available.

राष्ट्रिय गानका रचनाकार तथा लेखक  प्रदिप कुमार राई (ब्याकुल माइला) ले कैलाली बिद्या निकेतनका बिद्यार्थीहरुले राष्ट्रिय भाव बोेकेका गीतहरुमा नृत्य प्रूतत गरेर राष्टियताको भावना बढाएको बताए । कैलाली बिद्या निकेतनले यस क्षेत्रकै उत्कृष्ट  नमुना बिद्यालयको रुपमा  सफलता हासिल गरेको उल्लेख गर्दै ब्याकुल माइलाले   थप सफलताको शुभकामना व्यक्त गरे ।

No description available.

समाजको स्तर बिद्यालयले मापन गर्ने र   बिद्यालयहर सभ्यताको परिचायक भएको बताउदै ब्याकुल माइलाले अभिभावकहरुले बालबालिकाहरुलाई बिद्यालय पठाउने कार्य मात्र नगरेर बढी ख्याल गर्नुपर्ने बताए । 

No description available.

कार्यक्रममा धनगढी इन्जिनियरिङ कलेज नाष्टका निर्देशक शिवहरी मुडभरी, पञ्चोदय माध्यमिक विद्यालयका पूर्व प्राचार्य यादव जोशी, ग्रार्डङ इङलिस बोडिङ स्कुलका प्रिन्सिपल कैलाश दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

No description available.

विद्यालयले शैक्षिक तथा खेलकुद कार्यक्रममा विजेताहरुलाई पुरस्कार प्रदान गरेको थियो । कार्यक्रममा स्कुलका प्रिन्सिपल टोपेन्द्र शाहले स्वागत मन्तव्य सँगै स्कुलको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

No description available.

स्कुलकी संस्थापक प्रिन्सिपल रेखा सिंहको सभापतित्वमा भएको कार्यक्रम सञ्चालन स्कुलका शिक्षक टेकराज भट्ट र विद्यार्थी पुर्णिमा रिजाल÷अन्जु गिरीले गरेका थिए । 

No description available.