धनगढी पोष्ट शनिबार, ३१ साउन २०८३   August 15, 2026

बेलौरी वडा नम्बर ३ का वडाध्यक्ष रिजालको निधन

बेलौरी वडा नम्बर ३ का वडाध्यक्ष रिजालको निधन

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सिताराम रिजालको गएराति आफ्नै निवासमा निधन भएको छ।

फोक्सोसम्बन्धी समस्याबाट पीडित रिजालको राति १२ः३० बजे निधन भएको उनको परिवारिक श्रोतले जानकारी दिएको छ।

उनी २०७९ सालको स्थानीय तह सदस्य निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए।