धनगढी पोष्ट 
                                शनिबार, २४ फागुन २०८१  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        अलि नेपाल महिला संघ     क्रान्तिकारीले ११५ औ अन्तरराष्ट्रि«य श्रमिक महिला दिवस कैलालीको जोशीपुरमा इटा भट्टामा मनाएको छ । सो अवसरम इटा भट्टामा बिगत ७ बर्षदेखि श्रमिकको रुपमा कार्यरत १२ महिलालाई  दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
इटा भट्टामा आयोजित कार्यक्रममा  नेपालमा श्रमिका महिलाको अवस्था,  विकास, उपलव्धि र  नेपालमा महिला मुक्ति आन्दोलनका बारेमा संविधान सभा सदस्य हरी श्रीपाइली, कमला ज्ञवाली,  नेप बहादुर थारु,  दिर्घ बिनाडी, ओजारी लाल चौधरी,  खेमा ज्ञवालीले   शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
त्यस्तै, झवही ४ मा रहेको  केराबारीमा श्रमिक मजदुरको रुपमा कार्यरत १० जना महिलालाई पनि केराबारीमा नै उपस्थित भएर  खादा अबिरले सम्मनित गरिएको थियो । उक्त कार्यक्रमको संचालन  अखिल नेपाल महिला संघ क्रान्तिकारीकी प्रदेश सचिव कमला ज्ञवालीले संचालन गरेकी थिइन् ।