धनगढी पोष्ट बुधबार, २८ फागुन २०८१   March 12, 2025

प्रधानमन्त्री ओलीलाई भेटेर सुनचाँदी व्यवसायीले बुझाए १५ बुँदे माग

प्रधानमन्त्री ओलीलाई भेटेर सुनचाँदी व्यवसायीले बुझाए १५ बुँदे माग

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुनचाँदी व्यवसायीका मागहरू सम्बोधन गर्ने बताएका छन् ।

आइतबार सुनचाँदी व्यवसायी संघ कैलालीले धनगढीमा प्रधानमन्त्री ओलीलाई भेटेर विभिन्न १५ बुँदे माग सहितको ज्ञापन पत्र बुझाएका थिए ।

सोही क्रममा प्रधानमन्त्री ओलीले सुनचाँदी व्यवसायीका मागप्रति सरकार गम्भीर रहेको बताउँदै माग सम्बोधन गर्न आफूले पहल गर्ने बताए ।

ज्ञापन पत्र बुझाउँदै सुनचाँदी व्यवसायी संघ कैलालीका अध्यक्ष यदु सुनारले बर्सेनि राज्यलाई अरबौँ रुपैयाँ राजस्व बुझाउने व्यवसायीका समस्याप्रति राज्य गम्भीर नहुँदा व्यवसाय नै धरापमा पर्दै गएको बताए ।

ज्ञापन पत्र सुनचाँदी व्यवसायी संघ कैलालीका अध्यक्ष यदु सुनार, सचिव प्रकाश भण्डारी , संघका प्रदेश उपसभापति अर्जुन गहतराज ,सुनचाँदी व्यवसायी संघ उपशाखा बर्दगोरियाका अध्यक्ष रामविक्रम सिजापति ,व्यवसायी योगे्रश सदाशंकरसहितको टोलीले बुझाएको थियो ।

Open photo

 

Open photo