धनगढी पोष्ट बुधबार, २८ फागुन २०८१   March 12, 2025

बैतडीमा २ किशोरी बलात्कृत

बैतडीमा २ किशोरी बलात्कृत

बैतडी । बैतडीमा २ किशोरी बलात्कृत भएकी छिन । किशोरी बलात्कृत गरेको आरोपमा शिवनाथ र मेलौलीबाट २ जना पक्राउ परेका छन ।

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शिवनाथ गाउँपालिका–१ कुस्मौतघाट बस्ने ३० वर्षीय चक्र सिंह साउदलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

साउदले ती किशोरीलाई ललाई फकाई सोही गाउँपालिका–१ सालको ईजरस्थित जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कुस्मौतघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेलौली नगरपालिका–१ बस्ने २५ वर्षीय मनोज सिंह नायकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

नायकले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बयलचौरबाट खटिएको प्रहरीले उनलाई पाटन नगरपालिका–१ गडालेकबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।