धनगढी पोष्ट
सोमबार, २६ फागुन २०८१ मा प्रकाशित
बाजुरा । खप्तड छेडेदह गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिकाबाट बूढीगङ्गा नगरपालिका आउँदै गरेको भे २ त १५८८ नम्बरको ट्र्याक्टर गएराति ओरालो सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा बूढीगङ्गा नगरपालिका–४ खोडालबाडाका ट्र्याक्टर चालक पदमबहादुर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक जनक बोहराले जानकारी दिए ।
उनले ट्र्याक्टरमा सवार रहेका चार जनामध्ये चालक रावतका छोरा सञ्जय रावतलाई सामान्य चोट लागेको बताए । घाइते बालकको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको उनले बताए ।
अन्य तीन जना सकुशल रहेको , ट्र्याक्टरको अगाडिको भाग करिब २५० मिटर तल सडकमा खसेको र ट्राली ५० मिटर तल खसेको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।