धनगढी पोष्ट बुधबार, २८ फागुन २०८१   March 12, 2025

नागरिक उन्मुक्तिसँग एकीकरण गर्न जनमत पार्टीको कार्यदल गठन

नागरिक उन्मुक्तिसँग एकीकरण गर्न जनमत पार्टीको कार्यदल गठन

काठमाडौं । जनमत पार्टीले  नागरिक उन्मुक्ति पार्टीसँग एकीकरण गर्न कार्यदल गठन गरेको छ ।

जनमत पार्टीको सोमबार बसेको  केन्द्रीय कार्यसमितिको बैठकले विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग एकीकरण गर्न  कार्यद गठन गरेको हो ।

कार्यदलमा अब्दुल खान, डा शरदसिंह यादव र बालगोविन्द चौधरी सदस्य रहेका छन् ।

\नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकीकरणका लागि बिगत लामो समयदेखि  दुवै पार्टीका नेतृत्वबीच छलफल भैरहेको छ ।