धनगढी पोष्ट शनिबार, ०३ माघ २०८२   January 17, 2026

कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ

कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ

धनगढी । कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँबाट बाजुराको बुढीगंगा नगरपालिका–१० बस्ने २२ वर्षीय एकेन्द्र साउँद पक्राउ परेका हुन्।

एकेन्द्रलाई १ ग्राम ४८० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यस्तै बिशेष सूचनाको आधारमा गोदावरी नगरपालिका–२ अत्तरीया बजार लोटस गल्लिबाट गोदावरी नगरपालिका–७ हरैया बस्ने ३१ वर्षीय बिरु साउँदलाई २ ग्राम १७० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ। सोमवार पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।