धनगढी पोष्ट बुधबार, २८ फागुन २०८१   March 12, 2025

गृहमन्त्रीद्वारा आपतकालिन गोदामघर हस्तातन्तरण

गृहमन्त्रीद्वारा आपतकालिन गोदामघर हस्तातन्तरण

धनगढी । गृहमन्त्री रमेश लेखकले कैलालीस्थित प्रादेशिक आपतकालिन गोदामघरको हस्तान्त्रण गरेका छन् । धनगढी उपमहानगरपालिका १३ मा रहको धनगढी बिमानस्थमा रहेको आपतकालिन गोदामघर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई हस्तान्तरण गरेका हुन् ।

आपतकालिन गोदामघर हस्तान्तरण कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले भने,‘सात प्रदेश मध्ये ६ प्रदेशको आपतकालिन गोदामघर रहेको तर केहि आवश्यक सामाग्री झिक्न प्राधिकरण अनुमति चाहिने भएकाले प्रदेश सरकारलाई नै हस्तान्तरण गरीएको हो ।’

काठमाडौंमा रहेको आपतकालिन गोदामघरलाई केन्द्रिय आपतकालिन गोदामघरको रुपमा बिकास गर्ने र बिदेशबाट समेत सामाग्री मगाउनु्पर्ने, बैदेशिक सहयोग  तथा खरीद गरेर प्रदेशका आपतकालिन गोदामघरलाई बितरण गरीने समेत उनले बताए । 

No description available.

उनले कार्यबिधिसँगै आवश्यक मापदण्ड बनाएर प्रदेशलाई हस्तान्तरण गरीएका आपतकालिन गोदामघरको रेखदेख प्रदेश सरकारले गर्नुपर्ने र बिपदको समयमा सुरक्षा निकायलाई प्रदेश सरकारसँग समन्वयमा काम गर्न निर्देशन समेत निर्देशन दिए । 

त्यसैगरी, प्रदेशमा रहेका आपतकालिन गोदामघरमा बिपद्को समयमा आवश्यक पर्ने त्रिपाल, कम्बल सँगै खाद्यान्न औषधि लगायतका सामाग्री उपलब्ध हुने समेत गृहमन्त्री लेखकले बताए ।