धनगढी पोष्ट
बुधबार, २८ फागुन २०८१ मा प्रकाशित
धनगढी । फागु पूर्णिमा (होली0 लाई सभ्य, मर्यादित र हर्षोल्लासका साथ मनाउन जिल्ला प्रशासन कार्यालय कैलालीले आग्रह गरेको छ । प्रशासनले बुधवार एक सूचना जारी गर्दै अवाञ्छित गतिविधि नगरी मर्यादित होली मनाउन आग्रह गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीद्वारा जारी सूचनामा जथाभाबी रङ्ग लगाउने, कोही कसैको इच्छा विपरीत हानिकारक बस्तु दल्ने, प्लास्टिकजन्य लोला तथा पानी छ्याप्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, बाटोमा हिँड्ने व्यक्तिहरूलाई अभद्र व्यवहार गर्ने, नशालु पदार्थको सेवन गरी सार्वजनिक स्थलमा नाचगान तथा हो–हल्ला गर्ने, डोरीले बाटो छेकेर पैसा उठाउने, दुःख, हैरानी दिने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने जस्ता सार्वजनिक शान्ति सु–व्यवस्थामा खलल पु¥याउने खालका कानुन विपरीतका क्रियाकलापहरू नगर्न भनिएको छ ।
साथै बेलुकी ९ बजे सम्म मात्रै होली मनाउन आग्रह गरिएको छ । सूचनाको उल्लङ्घन गरेको पाइएमा प्रचलित कानुन बमोजिम सजाय हुने समेत जानकारी दिइएको छ ।