धनगढी पोष्ट
बुधबार, २८ फागुन २०८१ मा प्रकाशित
धनगढी । सुदूरपश्चिमका पूर्वमन्त्री रमेशसिंह धामीले सेकुवा घर सञ्चालनमा ल्याएका छन् । प्रदेशसभा सदस्य धामीले कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ सहिद गेट नजिक डायमण्ड सेकुवा घर सञ्चालनमा ल्याएका हुन् ।
होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव पाण्डेयले बुधबार सेकुवा घरको उद्घाटन गरे । उनले पर्यटनमन्त्री भइसकेका धामीले साना तथा मझौला व्यवसायलाई प्रोत्साहन हुने गरि व्यवसाय सञ्चालन गरेकोमा खुसी व्यक्त गरे ।
धामीले सेकुवा घरमा सस्तो मूल्यमा स्वादिष्ट बङ्गुर र बोइलर कुखुराको सेकुवा पाइने बताए । सात लाख लगानीमा सेकुका घर सञ्चालनमा ल्याइएको बताउँदै उनले चार जनाले प्रत्यक्ष रोजगारी पाएको बताए ।