धनगढी पोष्ट
शुक्रबार, ३० फागुन २०८१ मा प्रकाशित
अछाम । अछाममा तीन घरमा आगलागी भएको छ। जिल्लाको मेल्लेख गाउँपालिका–७ रिठेगाउँ बस्ने जोगी लुहारको २ तले कच्चि घरमा बिहिवार आगलागी भएको प्रहरीले जनाएको छ।
त्यसै गरी सोहि ठाउँ बस्ने दले लुहारको गाइगोठमा समेत आगलागी भएको हो। बच्चाहरुले नजिकैको खेतबारीमा बालेको आगो हावाहुरीका कारण दले लुहारको गोठमा सल्किदा उनका २ वटा गोठ पूर्ण रुपममा जली नष्ट भएको प्रहरीले जनाएको छ।
यसैगरि अछामको मिल्लेख गाउँपालिका–२ डडाश्री बस्ने मन्नामे बुढाको २ तले कच्चि घरमा आगलागी हुँदा गोठमा रहेका २ वटा कुकुरका बच्चा जलेर मरेका प्रहरीले जनाएको छ।
घरको चुलोमा बालेको आगोको झिल्का हावाले उडाइ कपडामा सल्कदा आगलागी भएको हो। उक्त आगलागीबाट बुढाको एक लाख पचास हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताए।