कैलालीबाट लागूऔषधसहित २ जना पक्राउ

कैलालीबाट लागूऔषधसहित २ जना पक्राउ

धनगढी । कैलालीबाट लागू औषधसहित २ जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका–९ खक्रौला स्थित सडक खण्डमा लागू औषध सहित टीकापुर नगरपालिका–१ नयाँ टीकापुर बस्ने १९ वर्षीय पवन नेपाली सहित दुई जना पक्राउ परेका हुन्।

उनीहरूलाई भे ८ प २५०९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकलको सिट मुनि लागू औषध लुकाई राखेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीहरूको साथबाट स्पासनेस लेखेको २४० वटा लागू औषध क्याप्सुल फेला पारेको प्रहरीले जनाएको छ ।