धनगढी पोष्ट शनिबार, ३१ साउन २०८३   August 15, 2026

कैलालीमा गोहीको आक्रमणबाट एक जना घाइते

कैलालीमा गोहीको आक्रमणबाट एक जना घाइते

धनगढी । कैलालीमा गोहीको आक्रमणबाट एक जना घाइते भएका छन्। जिल्लाको भजनी नगरपालिका–८ सोनाफाँटाका ४० वर्षीय गंगालु चौधरी गोहीको आक्रमणबाट घाइते भएका हुन्।

उनको हातमा गोहीले आक्रमण गरेको छ। पथरिया नदीमा माछा मार्ने क्रममा गोहीले आक्रमण गरेको प्रहरीले बताएको छ। उनको टीकापुर अस्पतालमा उपचार भइरहेको छ।