धनगढी पोष्ट मङ्गलबार, ०७ असोज २०८३   September 22, 2026

कैलारी गाउँपालिकामा आज शोक विदा

कैलारी गाउँपालिकामा आज शोक विदा

धनगढी । कैलालीको कैलारी गाउँपालिकाले आज शोक विदा दिएको छ। पालिकामा कार्यरत कार्यालय सहयोगी चञ्चला चौधरीको शुक्रबार निधन भएकाले शोक विदा दिएको हो।

पालिका भरि आज एक दिनको लागी गाउँपालिकाको कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा अति आवश्यक सेवा बाहेक शोक विदा दिएको गाउँपालिकाले एक सूचना मार्फत जानकारी दिएको छ।
 


ट्रेन्डिङ