धनगढी पोष्ट
शनिबार, १७ साउन २०७७ मा प्रकाशित
धनगढी
कैलालीको गोदावरी नगरपालिकामा शनिबार कोरोना पुष्टि भएका सबै २७ जना केही दिन अघि मात्र भारतबाट आएकाहरु रहेका छन् ।
कोरोना संक्रमण देखिएका सबै भारतबाट आएर होम क्वारेन्टिनमा बसिरहेकाहरु रहेको गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बीर बहादुर कुवरले बताए ।
स्वास्थ्य शाखा प्रमुख कुवरका अनुसार कोरोना पुष्टि हुनेका वडा नम्बर १ का ५ जना, वडा नम्बर ५ का ३ जना, वडा नम्बर ६ का १२ जना र वडा नम्बर ९ का ७ जना रहेका छन् ।
गोदावरी नगरपालिकाले साउन १२ गते कोरोना परिक्षणका लागि पठाएका४८ जनाको स्वाबमध्य शनिबार संक्रमण पुष्टि भएको हो । साउन १५ गते १८ जनामा पनि कोरोना संक्रमण पुष्टि भैसकेको छ ।