धनगढी पोष्ट बुधबार, १५ असोज २०८३   September 30, 2026

कैलालीबाट एक लाख १५ हजारको अवैध सामान बरामद

कैलालीबाट एक लाख १५ हजारको अवैध सामान बरामद

धनगढी । कैलालीमा भन्सार छलीको अवैध सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–३ मिलन चोक, गोदावरी नगरपालिका–४ हनुमान मन्दिर नजिक टीकापुर नगरपालिका–७ सक्ति स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य एक लाख १५ हजार १५० बराबरको सामान बरामद गरिएको छ।

भन्सार छलीको चिनी, पास्ता, चप्पल, अटो पाट्स सामग्री, मोबिल, चस्मा, ब्रेक बायर, ब्रेक चोक लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।


ट्रेन्डिङ