धनगढी पोष्ट आइतबार, २९ कार्तिक २०८३   November 15, 2026

कोरोनाबाट भारतमा २५ नेपालीको मृत्यु

कोरोनाबाट भारतमा २५ नेपालीको मृत्यु

काठमाडौं

     कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण भारतमा मात्र २५ जना नेपालीको ज्यान गएको छ ।

 गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोरोना संक्रमणका कारण भारतमा मात्रै २५ जना नेपालीको ज्यान गएको  छ ।

  एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले भने– ‘अल इन्डिया इष्टिच्युट अफ मेडिकल साइन्स नयाँदिल्लीमा कार्यरत  डा. सागर पौडेलले दिएको जानकारी अनुसार भारतमा विभिन्न मितिमा ज्यान गुमाएका नेपालीको संख्या २५ पुगेको पुष्टि यो साता भएको हो । भारतको महाराष्ट्रमा रहेका नेपालीहरु बढी प्रभावित छन् ।’

    यस्तै यही साता साउथ अफ्रिकामा पहिलो पटक एक नेपालीको मृत्यु भएको छ । यस्तै साउदी अरबमा दुई जनाको संक्रमणकै कारण ज्यान गएको छ । योसँगै कोरोना संक्रमणका कारण विदेशमा मात्र १ सय ८९ जना नेपालीको मृत्यु भएको छ । शनिवार साँझसम्म नेपालका ५६ सहित विश्वभर २ सय ४५ जना नेपालीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

 


ट्रेन्डिङ