धनगढी पोष्ट शनिबार, २७ मङि्सर २०८२   December 13, 2025

कैलालीबाट भन्सार छलीका सामान बरामद

कैलालीबाट भन्सार छलीका सामान बरामद

धनगढी । कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–३ चटकपुर र भजनी नगरपालिका–३ कुसमघाट जाने बाटोबाट अवैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ७१ हजार मुल्य बराबरका भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ।

उक्त्त मुल्य बराबरको  चिनी, सुर्ती, बिडी, सलाई लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।