धनगढी पोष्ट शनिबार, ३१ साउन २०८३   August 15, 2026

डडेल्धुरामा भान्सा कोठामा आगलागी

डडेल्धुरामा  भान्सा कोठामा आगलागी

डडेल्धुरा । डडेल्धुरामा एक भान्सा कोठामा आगलागी भएको छ। जिल्लाको आलिताल गाउँपालिका–८ बस्ने रती कामीको भान्सा घरमा चुलोमा बालेको आगोबाट भान्सामा आगलागी भएको हो।

आगलागी हुँदा भान्सा कोठा भित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाँडाबर्तन लगायतका सामान गरी अन्दाजी मुल्य ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।