धनगढीमा जनसभा गर्दै एमाले

धनगढीमा जनसभा गर्दै एमाले

काठमाडौँ । एमालेले लोकतान्त्रिक गणतन्त्रका पक्षमा देशका ६ मुख्य सहरमा जनसभा आयोजना गर्ने भएको छ ।

माघबाट सुरु भएको वडाकेन्द्रित अभियानलाई गणतन्त्रको पक्षमा सचेतना अभियानका रूपमा रूपान्तरण गर्दै एमालेले ती सहरहरूमा सभा गर्न लागेको हो ।

केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार २४ देखि ३० चैतसम्म बागमतीबाहेकका ६ प्रदेशका राजधानी र मुख्य सहरहरू धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगन्ज र दमकमा विशेष प्रदर्शन र जनसभा हुनेछन् ।

सभालाई प्रधानमन्त्री केपी ओलीसहित शीर्ष नेतृत्वले सम्बोधन गर्ने सम्भावना रहेको एमालेले जनाएको छ ।

यसअघि एमालेले १८ चैतमा काठमाडौंसहित ७७ वटै जिल्लामा जनसचेतनाका लागि मोटरसाइकल र्‍याली र जागरणसभा आयोजना गरेको थियो । त्यस्तै, ११ चैतमा ६ हजार ७४३ वटै वडामा कोणसभा आयोजना गरेको थियो ।