धनगढी पोष्ट सोमबार, १३ असोज २०८३   September 28, 2026

भारतको उत्तर प्रदेशमा कोरोनाका कारण क्याबिनेट मन्त्रीको निधन

भारतको उत्तर प्रदेशमा कोरोनाका कारण क्याबिनेट मन्त्रीको निधन

धनगढी

भारतमा कोरोना संक्रमणका कारण उत्तर प्रदेश प्रान्तमा प्राविधिक शिक्षा मन्त्री कमल रानी बरुणको आइतबार निधन भएको छ ।

उच्च रक्तचाप तथा डायबिटिजकी बिरामी रहेकी मन्त्री बरुण साउन ३ गते कोरोना पुष्टि भएपछि लखनऊस्थित सञ्जय गान्धी मेमोरियल मेडिकल कलेजमा भर्ना भएकी थिइन् । मन्त्री बरुणको आइतबार बिहान ९ बजे मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उनी कानपुरको एउटा गाउँ घाटमपुरबाट विधायक थिइन । दुई पटक कानपुरबाट लोक सभा सदस्य रहिसकेकी उनले भारतीय जनता पार्टीका दिग्गज नेता मुरली मनोहर जोशी कानपुरबाट चुनाव लड्ने भएपछि उनका लागि सीट छोडेर विधान सभामा चुनाव लडेकी थिइन् ।

उनको शब परिवारजनले अस्पतालबाट बुझेर कानपुर लगेका छन् । उनको अन्तिम संस्कार आइतबारै साँझ गर्ने तयारी गरिएको परिवारजनले बताएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

मन्त्री कमल रानी बरुणको र्मत्यु पछि उत्तरप्रदेशका एक दिन राजकीय शोक घोषणा गर्दै सार्वजनिक विदा दिने निर्ण गरिएको छ । बिभिन्न धार्मिक सभालाई सम्बोधन गर्न र केही सरकारी कामका शिलशिलामा अयोध्या जाँदै गरेका उत्तर प्रदेशका मुखयमन्त्री योगी आदित्य नाथले आफ्ना सबै कार्यक्रम स्थगित गरेका छन् । 


ट्रेन्डिङ