धनगढी पोष्ट
शुक्रबार, २२ चैत २०८१ मा प्रकाशित
धनगढी । पौवाको नवौँ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वाद उत्सव आयोजना हुने भएको छ ।
होटल पौवा धनगढी शाखामा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा चैत २५ देखि २९ गतेसम्म पौवाका १७ शाखाबाट निःशुल्क स्वाद उत्सव आयोजना हुने जानकारी दिएको हो ।
सो अवसरमा नेपाली स्वाद र संस्कृति झल्किने मौलिक खानाको प्रस्तुति पनि हुने होटल पौवाका धनगढी शाखाका महाप्रबन्धक महेश सिंहले जानकारी दिए ।
यो उत्सव मार्फत पौवाले नेपाली स्वाद,संस्कृति र आतिथ्य संस्कारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तर सम्म चिनाउने लक्ष्य लिएको उनले बताए ।
त्यस्तै पौवाका सेफहरूबिच नै स्वस्थ प्रतिस्पर्धा गराई बढी भन्दा बढी गुणस्तरीय खाना तयार पार्नु पनि रहेको उनको भनाई छ ।
नेपालीहरूको विभिन्न चाडपर्वलाई विशेष बनाउँदै आएको पौवाले यसै वर्षबाट नेपालीहरूको नयाँ वर्षलाई स्वागत गर्ने विशेष कार्यक्रम हुन गइरहेको जनाएको छ ।
चैत्र ३१ गते साँझ आयोजना हुने कार्यक्रममा थारु संस्कृतिमा आधारित साङ्गीतिक कार्यक्रमबाट कार्यक्रमको थालनी गर्ने छौ भने सोही दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने महाप्रबन्धक सिंहले जानकारी दिए ।