धनगढी पोष्ट शुक्रबार, १० असोज २०८३   September 25, 2026

रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश

रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश दिएको छ।

यसअघि जिल्ला अदालत रुपन्देहीले रविलाई एक करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

जिल्ला अदालतको उक्त आदेश बदर गर्दै उच्च अदालतका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले थुनामा पठाउन आदेश दिएको हो ।

यस्तै, अदालतले पूर्वडिआइजी छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश पनि सदर गरेको छ।


ट्रेन्डिङ