धनगढी पोष्ट शनिबार, ३१ साउन २०८३   August 15, 2026

कैलालीमा थ्रेसरमा परेर महिला घाईते

कैलालीमा थ्रेसरमा परेर महिला घाईते

धनगढी । कैलालीमा थ्रेसरमा परेर महिलाको खुट्टा काट्टीएर अलग भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–९ बस्ने ३५ वर्षीया कला थापाको थ्रेसरमा परेर दाहिने खुुट्टा काटिएर अलग भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले गहुँ थ्रेसिङ गर्ने क्रममा थ्रेसरमा बेरिएर थापाको खुट्टाको तीघ्रादेखिको भाग अलग भएको बताए। उनको नर्सिङ होम नेपालगञ्जमा उपचार भइरहेको छ।