धनगढी पोष्ट
आइतबार, १८ साउन २०७७ मा प्रकाशित
धनगढी
पछिल्लो २४ घण्टाको अवधीमा कैलालीका २२ तथा बैतडीका १ जनाका कोरोना संक्रमण पुष्टी भएको छ ।
सेती प्रादेशिक अस्पतालको कारोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षण अनुसार आज थपिएका संक्रमित हरुमा धनगढी उप–महानगरपालिका र मोहन्याल गाउँपालिकाका दुई÷दुई गरी ४ जना पुरुष, गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिका र जोशी पुर गाउँपालिकाका १÷१ गरी तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।
यसै गरी आज नै कैलालीको बर्दगोरिया गाउँपालिकाका तीन महिला र ५ पुरुष गरी ८ जना तथा टिकापुर नगरपालिकाका दुई महिला र ५ पुरुष गरी ७ जना र बैतडीको पाटनका १ जना पुरुष गरी जम्मा २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।