धनगढी पोष्ट
आइतबार, २४ चैत २०८१ मा प्रकाशित
धनगढी । कैलालीको टीकापुरमा आगलागी हुँदा अढाई लाखको क्षति भएको छ ।
टीकापुर नगरपालिका– ६ पानिमुलाका ६० वर्षीय महा लुहारको काठले बनेको टिनले छाएको दुई कोठे कच्ची घरको भान्सा कोठामा शनिवार साँझ आगलागी भएको हो ।
आगलागीबाट खाद्यान्न, भाँडा बर्तन, लत्ताकपडा लगायतका सामानहरू जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आगलागी स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।