कैलाली बहुमुखी क्याम्पसमा नेबिसंघको तर्फबाट सभापति पदमा पन्तको उम्मेदवारी, १८ बुँदे घोषणापत्र सार्वजनिक

कैलाली बहुमुखी क्याम्पसमा नेबिसंघको तर्फबाट सभापति पदमा पन्तको उम्मेदवारी, १८ बुँदे घोषणापत्र सार्वजनिक

धनगढी । सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा चैत २७ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन हुँदै छ । सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतको कैलाली बहुमुखी क्याम्पसमा पनि २७ गते निर्वाचन हुँदै छ ।

कैलाली बहुमुखी क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघ (नेबिसंघ) का तर्फबाट सन्तोष पन्त उम्मेदवार छन् ।

एक कार्यकाल सचिव भएर काम गरिसकेका पन्त अब सभापति बन्न उम्मेदवार बनेका छन् । सभापतिका उम्मेदवार पन्तले धनगढीमा आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै घोषणापत्र सार्वजनिक गरेका छन् ।

यस्तै, नेबिसंघबाट सचिवमा ओम प्रकाश बस्ती, कोषाध्यक्षमा प्रमीला शाह, सदस्यहरूमा राम रोकाया, सरिता भट्ट, पुजन विष्ट, जनक खड्का, देवेन्द्र धामी, विनीता चौधरी, राम बहादुर बोगटी, पूजा ओड, गणेश दाहाल उम्मेदवार बनेका छन् ।

पत्रकार सम्मेलनमै नेबिसघंमा आबद्ध विद्यार्थी तेज जंग मल्लले सभापतिमाबाट आफ्नो उम्मेदवारी फिर्ता लिँदै पन्तलाई सघाउने घोषणा गरेका छन् ।

हेर्नुहोस् घोषणापत्र 

१. स्ववियु छात्रवृति कोष (F.S.U SCHOLARSHIP FUND)  स्थापना गरि छात्तवृति प्रदान गरिने।

२. SMART KMC  को अवधारण अगाडी बढाउदै सम्पूर्ण संकायका NOTES तथा READING MATERIALS को सहज उपलब्धताका लागि APPLICATION वा WEBSITE  बनाउने ।

३. विधार्थी सहजता र सुविधाका लागि विधार्थी सेवा केन्द्र (STUDENTS HELP CENTER) स्थापना गरिने।

४. K.M.C. FEST – कला, खेल, साहित्य र विचारको उत्सव आयोजना गरिने।

५. नेपालमा सबैभन्दा कम बहस भएको मुख्य समस्याको रुपमा देखिएको वेरोजगारी हो तसर्थ विधार्थीको THEORETICAL PRACTICAL GAP लाईFULFILL गर्न JOB PLACEMENT CELL को स्थापना गर्ने ।

६.MID-TERM EXAM मा उत्कृष्ट नतिजा ल्याउने र SEMESTER को अन्तिम परिक्षामा उत्कृष्ट नतिजा ल्याउने उत्कृष्टविद्यार्थीलाई पुरस्कृत गरिने ।

७. STUDY PARK को निर्माणका लागि पहल गर्ने ।

८. सुदूरपश्चिम प्रदेश कै सुविधा सम्पन्न पुस्तकालय निर्माणका लागि पहल गर्ने ।

९. K.M.C  लाई वैचारिक थलो बनाउनलका लागि K.M.C DEBATE FORUM को स्थापना गरिने ।

१०. विभिन्न खेलकुदहरुका लागि छुट्टाछुट्टै खेल मैदान निर्माण तथा स्तरउन्नति गर्न पहल गर्ने ।

११. क्याम्पसलाई शान्ति क्षेत कायम गर्न CCTV CAMERA, COMPOUND BOUNDARY, NO HORN, SPEED LIMIT AREA बनाउन पहल गर्ने ।

१२. क्याम्पसमा भएका विभिन्न सभाहल लाई व्यवस्थित गर्दै SOUND PROOF र प्रविधि मैली बनाउन पहल गर्ने ।

१३. छात्रबासका लागि निर्मित भवन लाई व्यवस्थित रुपमा संचालनमा ल्याउन र छालावास (GIRLS HOSTEL) को निर्माणका लागि पहल गर्ने ।

१४. आधुनिक र व्यवस्थित CANTEEN को स्थापनाका लागि पहल गर्ने ।

१५. क्याम्पस परिसरमा तातोरचिसो शुद्द पिउने पानिको व्यवस्थाका लागि पहल गर्ने ।

१६. SKILL DEVELOPMENT कार्यक्रम अन्तर्गत विधार्थीहरुको कला, ज्ञान र क्षमताको अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरुको आयोजना गरिनेछ ।

१७. सम्पूर्ण संकायका लागि आवश्यक खेल सामाग्री खरिद,MUSIC INSTRUMENT हरुको खरिद, साँस्कृतिक पोसाक खरिद आदिका लागि पहल गर्ने।

१८. शिक्षा संगै संस्कार अभियानलाइ निरन्तरता दिईने ।

संकायगत योजनाहरु :

क. BSC FORESTRY का लागि LAB र BUS को व्यवस्थाका लागि पहल गर्ने ।

ख. BHM का लागि सुविधा सम्पन्न LAB र आवश्यक सामग्रीको व्यवस्थाका लागि पहल गर्ने।

ग. BSC CSIT र BED CSIT का लागि आवश्यक सामाग्री रLAB व्यवस्थापनका लागि पहल गर्ने।

घ. BSC  का लागि आवश्यक LAB को व्यवस्था र स्तरउन्नतीका लागि पहल गर्ने ।

ङ. B.A तर्फ आम संचारका लागि रेडियोको थप स्तरउन्नति र अनलाइन टेलिभिजनमा बिस्तार गर्न पहल गर्ने र BSW का लागि FIELD VISIT. ।

WORKSHOP  जस्ता गतिविधिमा संलग्न गराउन पहल गर्ने ।

च. BALLB का लागि MOOT COURT, DEBATE FORUM जस्ता गतिविधिमा संलग्न गराउने ।

छ.BBA,BBS कार्यक्रमहरुका लागि विभिन्न ORIENTATION, BANK तथा लोकसेवातयारी कक्षा र PAID INTERNSHIP जस्ता गतिविधिमा संलग्न गराउन पहल गर्ने ।

ज.BED तर्फका लागि शिक्षक सेवा तयारी कक्षा, शिक्षक सेवा लाइसेन्स तयारी कक्षा आदि कार्यक्रमको आयोजना तथा गतिविधिमा सेला गराउने ।

साथै विभिन्न समय परिस्थितिमा उठ्ने विद्यार्थीका हरेक मुद्दामा सशक्त आवाज उठाउने प्रतिबद्धता रहेको छ ।