धनगढी पोष्ट
आइतबार, २४ चैत २०८१ मा प्रकाशित
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी एकतापछिको नाम नागरिक जनमत पार्टी राख्न दुवै दल सहमत भएका छन् ।
पार्टी अध्यक्ष सिके राउतलाई बनाउने सहमति भएको छ भने चुनाव चिह्न नागरिक उन्मुक्ति पाटीको ढकियालाई राख्ने सहमति भएको छ । पार्टी वरीयतामा रेशम चौधरीलानई संरक्षक‚ सिकेलाई अध्यक्ष र त्यसपछिको क्रममा रञ्जिता चौधरीलाई राखिने भएको छ ।
जनमतका अध्यक्ष राउत, नाउपाका संरक्षक रेशम चौधरी सहित कार्यदलका ६ जना बीचमा छलफल भएको छ । १५ वैशाखभित्र एकता गर्ने छलफल दुई दल सहमति नजिक पुगेको जनमतका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी गराए ।
कार्यदलमा समेत रहेका जनमतका उपाध्यक्ष अब्दुल खाँणले चुनाव चिन्ह ढकिया राख्ने निर्णय भएको जानकारी दिए ।
भूगोल पनि प्रभावको हिसाबले बाँडिएको छ । पुर्वी जिल्ला झापादेखि चितवनसम्म सिकेले हेर्नेछन् भने नवलपुरदेखि कञ्चनपुरसम्म रेशमले हेर्नेछन् ।
आइतबार बर्दियामा बसेको एकता कार्यदलको बैठकले नाम‚ चुनाव चिह्न र पदीय जिम्मेवारीमा सहमति गरेको हो ।