धनगढी पोष्ट
मङ्गलबार, २६ चैत २०८१ मा प्रकाशित
धनगढी । डोटीको जोरायल गाउँपालिकामा वडा नम्बर ४ सिलङ्गीबागमा खुल्ला ३२ सय मिटर दौड प्रतियोगिता–२०८१ हुने भएको छ ।
रोयल जोरायल क्लबको आयोजनामा यही चैत ३१ गते स्वर्गीय केशव कठायत स्मृति तेस्रो ‘‘दौडिन्छ जोरायल समृद्धिको बाटोमा’’ भन्ने मूल नाराका साथ खुल्ला दौड प्रतियोगिता हुने भएको हो ।
दौडमा प्रथम पुरस्कार ११ हजार एक सय ११ रुपैयाँ, द्धितिय पुरस्कार छ हजार छ सय ६६ रुपैयाँ, तृतीय पुरस्कार तीन हजार तीन सय ३३ रुपैयाँ, चौथो पुरस्कार एक हजार एक सय ११ रुपैयाँ र पाँचौँ पुरस्कार पाँच सय ५५ रुपैयाँ रहेको रोयल जोरायल क्लबका अध्यक्ष चेतराज भट्टले बताए ।
प्रतियोगितामा सहभागिताका लागि चैत २८ गतेसम्म नाम दर्ता गराइसक्नुपर्ने आयोजकले जनाएको छ । नाम दर्ता शुल्क दुई सय रुपैयाँ रहेको छ, भने प्रतियोगितामा सहभागीलाई निःशुल्क टी–सर्ट प्रदान गरिने छ ।