धनगढी पोष्ट
मङ्गलबार, २६ चैत २०८१ मा प्रकाशित
धनगढी । नेकपा (एकीकृत समाजवादी) को जनसंगठन नेपाल रिटर्नी एशोशियन समाजवादी जिल्ला कमिटी कैलाली गठन भएको छ ।
सुरेश सोपको अध्यक्षतामा ५ सदस्यीय कार्यसमिति गठन भएको हो । जसको सहसंयोजकमा नरेश रावत, सचिवमा निर शाह, सदस्यमा सनम चौधरी, र राजकुमार चौधरी रहेका छन् ।
एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रवीण पौडेलको अध्यक्षतामा भएको भेलाले पहिलो पटक कैलालीमा समिति गठन गरेको हो । पार्टी कार्यालय कैलालीमा भएको भेलामा पार्टीका उपाध्यक्ष एवम् सुदूरपश्चिम इन्चार्ज भानुभक्त जोशीको विशेष उपस्थिति रहेको थियो ।
भेलामा बोल्दै उपाध्यक्ष जोशीले विदेशमा सिकेको सिप नेपालमा लगाउनु पर्ने बताए । जोशीले भने–त्यसको लागी राज्यले लगानीको उचित वातावरण निर्माण गर्नुपर्छ, धेरै युवाहरू विदेश पलायन भएका छन् उनीहरूले सिकेको सिप लाई उत्पादन तर्फ जोडेर जान सक्नु पर्छ ।
भेलामा पार्टीका जिल्ला अध्यक्ष विमल जोशी, प्रदेश उपाध्यक्ष धन बोहरा, प्रदेश सचिव सुरेन्द्र मान कार्की, जिल्ला सचिव दीर्घ जोशी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।