धनगढी पोष्ट
बुधबार, २७ चैत २०८१ मा प्रकाशित
धनगढी । कैलालीको अत्तरियामा एक पुरुष मृत फेला परेका छन् । बुधबार बिहान अत्तरियास्थित इलाका प्रहरी कार्यालय मालाखेतीको अगाडि अन्दाजी ३५ वर्षका पुरुष मृत फेला परेका हुन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक डीएसपी गंगाबहादुर थापाका अनुसार मृतकको सनाखत हुन सकेको छैन ।
ुप्रहरी कार्यालयको अगाडि रहेको दुर्गा मन्दिर परिसरमा शव फेला परेको छ,ु डीएसपी थापाले भने, ुशरीरमा चोटपटक पनि देखिएको छ ।ु
घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । घटनास्थलमा पुगेका प्रहरी अधिकारीका अनुसार घटना शंकास्पद छ ।