धनगढी पोष्ट
बिहिबार, २८ चैत २०८१ मा प्रकाशित
बझाङ । बझाङमा बुधबार राति हावाहुरी र वर्षासँगै परेको चट्याड्ड लागेर एक जनाको मृत्यु भएको छ । दुई जना सामान्य घाइते भएका छन् । चट्याङ लागेर वित्थडचिर गाउँपालिका–३ की ७८ वर्षीया धौली बोहरा रहेकी छन् । मृतक बोहराकी १४ वर्षीया नातिनी जस्माकुमारी र १३ वर्षीया पवित्रा घाइते भएका छन् ।
उनीहरुको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगुन्नाले जानकारी दिए । भान्छामा काम गरिरहेको बेला घरमा चट्याङ परेपछि धौलीको घटनास्थल मै मृत्यू भएको थियो ।
बझाङमा हावाहुरी र चट्याङका कारण विद्युत् सेवा पनि अवरुद्ध भएको छ । खोड्पे–बझाङ ३३ केभी राष्ट्रिय प्रसारण लाइन अन्तर्गत वित्थडचिर गाउँपालिकाको सुनकुडा, स्यााडीमा क्षति पुर्याउँदा बुधबार दिउँसोदेखि नै विद्युत् सेवा अवरुद्ध भएको हो ।
विद्युत् सुचारु गर्न बझाङको चैनपुर र बाग्थला वितरण केन्द्रका कर्मचारी हिजैदेखि खटिएको नेपाल विद्युत् प्राधिकरणको बझाङ वितरण केन्द्रले जनाएको छ ।